गृहपृष्ठ ट्रम्प भन्छन्‑ अमेरिकामा एक लाखले ज्यान गुमाउन सक्छन्

ट्रम्प भन्छन्‑ अमेरिकामा एक लाखले ज्यान गुमाउन सक्छन्

trump-newskarobar

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस संक्रमणका कारण अमेरिकामा एक लाखभन्दा ज्यान गुमाउन सक्ने बताएका छन् । सिएनएनसँगको कुराकानीमा उनले भने, ‘आगामी दुई साता अमेरिकी जनताका लागि पीडादायी समय हुनेछ, अमेरिकामा दिनहुँ कोरोना संक्रमित र मृतकको संख्या बढ्दै छ, एक लाखभन्दा बढी अमेरिकीले ज्यान गुमाउने सम्भावना बढ्दै गएको छ ।’

अमेरिकाका लागि आगामी साता ज्यादै जोखिमयुक्त रहेको उनले बताए । कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन अमेरिकी सरकारले हरसम्भव प्रयास गरिरहेको उनले बताए । अमेरिकामा बुधबार बिहानसम्ममा एक लाख ८८ हजार ५३० संक्रमित रहेकोमा ३ हजार ८८९ जनाले ज्यान गुमाइसकेका छन् भने ४ हजर ५७६ जना गम्भीर बिरामी छन् ।

प्रकाशित समय ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु