गृहपृष्ठ आगलागीबाट साढे ६१ लाख बराबरको धनमाल जलेर नष्ट

आगलागीबाट साढे ६१ लाख बराबरको धनमाल जलेर नष्ट

aago-final-final सांकेतिक तस्बिर

काठमाडौं महानगरपालिका–१६ नयाँबजार मेडिकल चोकस्थित काठमाडौं महानगरपालिका–१३ ओम वहाल बस्ने राजु महर्जनको फर्निचर कारखानामा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा फर्निचर कारखाना सो फर्निचरको नजिकै रहेका कच्ची टहरो, चिया तथा खाजा पसल र सामान राखिएको गोदाम समेत जलेर करिब ४९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

संखुवासभाको पाँचखपन नगरपालिका–७ पचासे बेंसी बस्ने लक्ष्मीकुमारी बोगटीको घर र घर नजिकै रहेको ग्वाली घरमा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै झापाको कमल गाउँपालिका–६ सोनापुर टोल बस्ने ६५ वर्षीय होम नाथ अर्यालको घरमा खाना पकाउने ग्याँस लिक भई बुधबार राति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्याङजाको कालीगण्डकी गाउँपालिका–५ बेलटारी बस्ने ७७ वर्षीय जिवलाल न्यौपानेको घरमा बुधबार राति आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु