गृहपृष्ठ क्वारेन्टाइनलाई होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको सहयोग

क्वारेन्टाइनलाई होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको सहयोग

काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले बनेपा नगरपालिका ६ रेडक्रसमा रहेको क्वारेन्टाइनका लागि चाहिने बस्ने कम्मल, डसनालगायतका सामाग्रीहरु सहयोग गरेको छ ।

बिहिबार काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी हुमागाईंलाई हस्तान्तरण गरिएको हो । सो क्रममा १० वटा बेडलाई आवश्यक पर्ने सिरक, विस्तरा, तन्नालगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष श्यामकुमार भालूले बताए ।

क्वारेन्टाइमा बसेकाहरुले चिसोको सामना गर्नु नपरोस् भन्दै १० थान सहयोग गरेको नेपाल होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठले बताए । ‘देशलाई संकट परेको बेलामा सक्दो सहयोग गर्दै आएका छौं । आगामी दिनमा पनि आफू अनुसारको सहयोग गर्नेछौं ।’ उनले भने ।

सामाग्री वितरण कार्यक्रममा होटल व्यवसायी संघका सदस्य गोपाल श्रेष्ठ, होमबहादुर श्रेष्ठलगायत रेडक्रसका प्रतिनिधिहरु, नेपाल प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु