गृहपृष्ठ भीमदत्त नगरपालिकाद्वारा विशेष राहत प्याकेज माग

भीमदत्त नगरपालिकाद्वारा विशेष राहत प्याकेज माग

कञ्चनपुरको भीमदत्त नगरपालिकाले संघीय र प्रदेश सरकारसँग विशेष राहत प्याकेजको माग गरेको छ । नगरपालिकाले बिहीबार राजनीतिक दल सहितको बैठक गरी राहत प्याकेज घोषणा गर्न माग गरेको हो ।

नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले पश्चिमी सीमा नाका गड्डाचौकीसहित अन्य खुला नाकाका कारण भीमदत्त नगरपालिका कोरोनाको उच्च जोखिममा भएकाले राहत घोषणा गर्न माग गर्ने निर्णय गरेको हो । बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी लगायत दलका प्रतिनिधि सहभागी थिए ।

बैठकमा भीमदत्त नगरपालिकामा हालसम्म कोरोना रोकथामका लागि गरिएका प्रयास, त्यसका चुनौती र भावी योजनासम्बन्धी छलफल गरिएको छ । नगर प्रमुख विष्टले पश्चिमी सीमा नाका गड्डाचौकीसहित अन्य खुला नाकाका कारण नगरपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले नगरपालिकाले सबै क्षेत्रसित सहकार्य र समन्वय गरी कोरोना विरुद्ध कार्य गरिएको बताए ।

‘अहिले विश्वव्यापी रुपमा कोरोना महामारी छ, सीमा नाका, खुला नाका लगायत विभिन्न कारणले नगरपालिकाले उच्च जोखिममा छ,’ नगर प्रमुख विष्टले भने, ‘एक्लै लड्न अप्ठ्यारो छ । सबै दलले यसमा सहयोग गरिरहेका छन्, यसका लागि धन्यवाद दिन चाहन्छौ ।’

प्रकाशित समय १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु