गृहपृष्ठ नेपालमा २८ सय ९५ जनाको कोरोना परीक्षण

नेपालमा २८ सय ९५ जनाको कोरोना परीक्षण

coronavirus_test report_covid 19

पहिलो कोरोनाभाइरस संक्रमित फेला परेदेखि अहिलेसम्ममा नेपालमा २ हजार ८९५ जनामा कोरोना परीक्षण भइसकेको छ । परीक्षण भएकामध्ये ९ जनामा मात्र संक्रमण भेटिएको छ । यो नतिजा ०.३ प्रतिशतभन्दा केही बढी मात्र हो ।

संक्रमितमध्ये ८ जनाको  विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने एक जना धेरै अघि सफल उपचारपछि घर फर्किसकेका छन् । सरकारले अहिले शंकास्पद व्यक्तिहरूको कोरोना परीक्षणलाई तीव्र पारेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशबाट मात्र ५०१ स्वाब परीक्षणका लागि काठमाडौं ल्याइएको छ । त्यस्तै अन्य प्रदेशबाट पनि ठूलो संख्यामा स्वाब परीक्षणका लागि राजधानी ल्याएको प्रदेश सरकारहरूले जनाएका छन् ।

प्रकाशित समय ०८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु