गृहपृष्ठ गोरु काटेको अभियोगमा २ जना पक्राउ

गोरु काटेको अभियोगमा २ जना पक्राउ

पोखरा महानगरपालिका- ३३, छप्ल्याङस्थित चालिसेबाट गोरु काटेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका- ३२, लामेआहाल बस्ने २७ वर्षीय अनिस भुजेल र सोही महानगरपालिका- ३३, छप्ल्याङ बस्ने ३७ वर्षीय सञ्जय सार्की रहेका छन् ।उक्त स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिशुवाबाट र प्रहरी चौकी भरतपोखरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरू उपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु