गृहपृष्ठ गुल्मीमा वृद्ध दम्पतीले गरे आत्महत्या
गुल्मीमा वृद्ध दम्पतीले गरे आत्महत्या
गुल्मीमा नयाँ वर्षको दिन वृद्ध दम्पतीले झुन्डिएर आत्महत्या गरेका छन् । कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका ७० वर्षीय ओमबहादुर र श्रीमती ६९ वर्षीया खिमकला सार्की एउटै पासोमा सोमबार झुन्डिएका हुन् ।
दुवै जना घरनजिकैको खनियाँको रुखमा गलबन्दीमा झुन्डिएको अवस्थामा फेला परेका थिए । वृद्धवृद्धाले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । दुवै जना मजदुरी गर्थे ।
प्रकाशित समय ०८:१८ बजे

















