गृहपृष्ठ खुकुरी प्रहार गरी श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ
खुकुरी प्रहार गरी श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै ५० बर्षीय श्रीमान छकुमार राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बाह्रपोखरी गाउँपालिका- १ खुर्साने बस्ने ५० वर्षीया मेनुका राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मेनुकाले खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाह्रपोखरी, ईलाका प्रहरी कार्यालय चिसापानीबाट र ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएको प्रहरीले उनीलाई पक्राउ गरेको हो ।
घटनाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय १३:५४ बजे

















