गृहपृष्ठ अब मृत्यु संस्कार प्रयोजनका लागि मात्र सवारी पास पाइने

अब मृत्यु संस्कार प्रयोजनका लागि मात्र सवारी पास पाइने

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले परिवारका सदस्यको मृत्यु संस्कारमा सहभागी हुनेबाहेक अन्य प्रयोजनका लागि सवारी पास नदिने भएको छ । सवारी पासको अत्यधिक मागले लकडाउन उल्लंघन हुने भएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।

लकडाउनमा अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि प्रशासनले पास वितरण गर्दै आएको थियो । मंगलबारदेखि अनलाइनबाट समेत इ-पास लिन सकिने व्यवस्था मिलाएको थियो ।

लकडाउन प्रभावकारी पार्न बुधबार (बैशाख ३) देखि लागू हुनेगरी सवारी पास वितरण स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत जानकारी गराएको छ । खाद्यान्न, तरकारी ढुवानीलगायत अत्यावश्यक कामका लागि भने अनलाइनमार्फत पास वितरण हुने प्रशासनले जनाएको छ ।

 

प्रकाशित समय १५:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु