गृहपृष्ठ चीनले दिने केही सहयोग स्थगन

चीनले दिने केही सहयोग स्थगन

China_NewsKarobar

चीनले नोबल कोरोना भाइरस महामारीका कारण जनाउँदै नेपाललाई दिने केही सहयोग तत्कालका लागि स्थगन गरेको छ ।

तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले हाल विश्व महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण चीन सरकारको वैदेशिक सहयोग प्राथमिकतामा परिवर्तन भइ सो महामारी रोकथाम र नियन्त्रणको क्षेत्रमा सहयोग केन्द्रीत गरिने भएकाले अन्य प्रकारका सहयोग स्थगन गरिएको नेपाल सरकारलाई जानकारी गराएको छ ।

चीनले नेपालका उत्तरी सीमावर्ति १४ जिल्लालाई दिइने स्क्याभेटर सहयोग स्थगन गरिएको हो ।
चीन सरकारले नेपालका चीनसँग सिमाना जोडिएका ती १४ जिल्लाका स्थानीय तहहरूलाई सडक निर्माणका लागि स्क्याभेटर उपलब्ध गराउन लागेको थियो ।

यो निर्णयले स्क्याभेटरबाहेक चीनद्वारा नेपाललाई प्रदान गरिने अन्य विकास सहयोग प्रभावित हुने देखिएको छ ।

प्रकाशित समय १३:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु