गृहपृष्ठ बलात्कारको आरोपमा वृद्ध पक्राउ
बलात्कारको आरोपमा वृद्ध पक्राउ
सांकेतिक तस्बिर
एक किशोरीमाथि बलात्कार गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् । भीमदत्त नगरपालिका- ११ का तारादत्त ओझालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
ओझाले केही दिनअघि उनकै घर आएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । जबरजस्ती करणीको आरोपमा परेको किटानी जाहेरीका आधारमा ओझालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता रविन्द्र पौडेलले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेका ओझालाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।
प्रकाशित समय १४:१७ बजे

















