गृहपृष्ठ विभिन्न व्यक्तिको फोटो सम्पादन गरी फेसबुकमा राखेको अभियोगमा पक्राउ
विभिन्न व्यक्तिको फोटो सम्पादन गरी फेसबुकमा राखेको अभियोगमा पक्राउ
विभिन्न संस्थाका व्यक्तिहरुप्रति अनास्था फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा मकवानपुर भिमफेदी गाउँपालिका- २ बस्ने ४५ वर्षीय गोपी बल लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
लामाले सम्मानित संस्थाका व्यक्तिहरु उपर अनास्था फैलाउने उद्देश्यले फोटो सम्पादन गरी स्ट्याटससमेत लेखेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने कार्यमा संलग्न रहेको पाइएपछि उनलाई महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा उपमहानगरपालिकाबाट पक्राउ गरेको हो ।
उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान गरी कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
प्रकाशित समय १२:५४ बजे

















