गृहपृष्ठ आंशिक घरबन्दी खुला गर्ने तयारी, मोडालिटी तयार पार्न संयन्त्र

आंशिक घरबन्दी खुला गर्ने तयारी, मोडालिटी तयार पार्न संयन्त्र

lock-down_Newskarobar

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले अवस्था हेरेर घरबन्दी (लकडाउन)का अवस्था निर्धारण गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

पछिल्लो पटक बढाइएको घरबन्दीका अवधिक भोलि आइतबार सकिँदैछ, भोलि बस्ने मन्त्रिपरिषद बैठकले घरबन्दीबारे निर्णय लिनेछ ।

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले घरबन्दीबारे मन्त्रिपरिषद बैठकले निर्णय गर्ने सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।

समितिले मुख्य सचिवको नेतृत्वमा रहेको टास्कफोर्सलाई घरबन्दीको मोडालिटी तयार गर्ने जिम्मा दिएको छ । सरकारले संक्रमण विस्तार भएका, जोखिम बढी भएका र न्युन जोखिमका जिल्लाहरू पहिचान गरि रातो, पहँलो र हरियोमा वर्गीकरण गरी केही सीमित क्षेत्रमा सर्तसहित लकडाउन खुकुलो बनाउने तयारी गरेको छ ।

घरबन्दीका कारण आर्थिक गतिविधिहरू प्रभावित भएको भन्दै संक्रमण विस्तार कम भएका र जोखिम कम भएका क्षेत्रहरूमा कृषिजन्य गतिविधि र सीमित बजारजन्य गतिविधि सर्तसहित सीमित रुपमा खुला गर्ने तयारीमा सरकार पुगेको छ ।

कुन कुन क्षेत्रमा के कसरी घरबन्दी खुकुलो पार्ने भन्ने मुख्य सचिवका संयोजकत्वमा रहेको टास्कफोर्सले निर्णय लिनेछ । केही जिल्ला र क्षेत्रमा घरबन्दी खुकुलो पारिए पनि तत्कालका लागि सीमा क्षेत्र भने खुला नगर्ने निष्कर्षमा सरकार पुगेको छ ।

बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको विडारीले बताए ।

 

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु