गृहपृष्ठ कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्रै ५४ हजारले गुमाए ज्यान

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्रै ५४ हजारले गुमाए ज्यान

विश्वभर नोवेल कोरोनाभाइरस (कोभिड १९) बाट ज्या गुमाउनेको संख्या २ लाख नाघेको छ । कुल मृतकको २५ प्रतिशत अमेरिकामा मात्रै छन् ।

आइतबार बिहानसम्ममा विश्वभर २ लाख ३ हजार २६९ जनाको मृत्यु भएको छ भने अमेरिकामा ५४ हजार २५६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै इटालीमा २६ हजार ३८४, स्पेनमा २२ हजार ९०२, फ्रान्समा २२ हजार ६१४ र बेलायतमा २० हजार ३१९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । अमेरिकामा संक्रमित संख्या ९ लाख ६० हजार नाघेको वर्ल्डोमिटरले जनाएको छ ।

भारतमा आजसम्म २६ हजार २८३ जना संक्रमित भेटिएकोमा ८२५ जनाले ज्यान गुमाएका छन् । नेपालमा आइतबार बेलुकासम्ममा ४९ जना संक्रमित फेला परेका छन् भने १२ जना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय ०७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु