गृहपृष्ठ गाउँपालिकाद्वारा यार्सागुम्बा संकलनमा रोक

गाउँपालिकाद्वारा यार्सागुम्बा संकलनमा रोक

कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण, उपचार तथा राहतमा सहज होस् भनेर सरकारले ‘लकडाउन’ गरेपछि यसको असर यार्सा संकलनमा पनि परेको छ । प्रत्येक वर्ष वैशाख महिनाबाट यहाँका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन गरिने भए पनि यो वर्ष कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थानीय सरकारले यार्सागुम्बा संकलन, पाटन तथा वन क्षेत्रमा प्रवेश निषेध गरेको छ ।

मुगुका चार स्थानीय तह मध्य मुगु मकार्मारोङ गाउँपालिकाका वडा नं १, २ र ७ का दुई दर्जन बढी पाटन क्षेत्रमा पाइने यार्सागुम्बा यो वर्ष संकलनमा गाउँपालिकाले रोक लगाएकाले संकलन तथा खरिदकर्ता गाउँपालिकामा नै आउनहुन भन्दै गाउँपालिकाले सूचना सार्वजनिक गरेको हो ।

यार्सागुम्बा संकलन गर्न खरिद गर्न देशभित्रका विभिन्न जिल्ला र छिमेकी भारत तथा चीनको तिब्बत क्षेत्रबाट संकलन तथा खरिदकर्ता हजारौँको संख्यामा गाउँपालिका क्षेत्रमा आउने भएकाले विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरसको संक्रमण हुने सम्भावना भएको र नेपाल सरकारले पनि ठूला जमघट भेला नगर्नसमेत भनेकाले यो वर्ष गाउँपालिकाले यार्सागुम्बा संकलनमा रोक लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए ।

मुगालीको खेतमा भएको उत्पादनले बढीले चार महिनासम्म पुग्ने भएकाले अधिकांश यो मौसममा एक महिना यार्सा संकलन गर्न पाटनमा जाने र संकलन गरेको यार्साका बुटी खरिदकर्तालाई पाटनमै विक्री गरेर वर्षभरिको घर खर्चको जोहो गर्ने गर्दथे । मुगाली मात्र होइन यार्सा संकलन नगर्न छिमेकी जिल्ला जुम्ला, हुम्ला, कालीकोट, बाजुरालगायत देशभरबाट वर्षेनी २० हजार बढी सर्वसाधारण मुगु आउने गर्दथे । (रासस)

प्रकाशित समय ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु