गृहपृष्ठ महाकालीमा हाम फालेकी महिलाको उद्धार

महाकालीमा हाम फालेकी महिलाको उद्धार

आइतबार बिहानै दार्चुलाको महाकाली नदीमा हाम फालेकी व्याँस गाउँपालिका- १ की ३० वर्षीय सपना तिंकरी ऐतवालको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ ।

नदीमा बग्दै आएकी उनलाई महाकाली नगरपालिका- ५ गल्फै क्षेत्रबाट उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले जानकारी दिए । उनले आइतबार बिहान ६:३० बजेतिर महाकाली नगरपालिका- ४, दुमपानीबाट हाम फालेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनले किन नदीमा हाम फालिन् भन्ने खुलेको छैन । ऐतवाल हाल महाकाली नगरपालिका- ४, तिंकरखेडामा बस्दै आएकी छन् ।

नदीबाट उद्धार गरेलगत्तै जिल्ला अस्पताल दार्चुलामा लगिए पनि उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज रेफर गरिएको हो । जिल्लाको महाकाली नदीबाट उद्धार गरिएकी महिलालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा लगिएको दार्चुलाका प्रमख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

प्रकाशित समय १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु