गृहपृष्ठ बर्दियामा १८ हजार विपन्न समुदायलाई राहत वितरण
बर्दियामा १८ हजार विपन्न समुदायलाई राहत वितरण
फाइल तस्बिर
बन्दाबन्दीका कारण अभाव भोगेका विपन्न र गरीब समुदायका १८ हजार परिवारलाई बर्दियामा पहिलो चरणको राहत वितरण भएको छ ।
कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम गर्न भएको बन्दाबन्दीका कारण दिनहुँ छाक टार्न समस्यामा परेका गरीब र श्रमिकवर्गका परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पहिलो चरणमा अहिलेसम्म १७ हजार ९३४ परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यलय बर्दियाका सूचना अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए । आठ पालिका रहेको बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका छन् ।
पालिकाका टोल विकास संस्थामार्फत नामावली संकलन गरिएको तर केही फर्जी र हुनेखाने परिवारले समेत राहत लिएकाले त्यस्तालाई कारबाहीको माग भएको बताइएको छ ।
प्रकाशित समय ०८:०५ बजे

















