गृहपृष्ठ नेपाली भूमिमा सडक बनाउनु आपत्तिजनक : माधव नेपाल

नेपाली भूमिमा सडक बनाउनु आपत्तिजनक : माधव नेपाल

madhav-nepal-newskarobar

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालले वार्ताको आग्रहलाई बेवास्ता गर्दै नेपाली भूमिमा सडक बनाउनु अत्यन्त दुःखद् र आपत्तिजनक भएको बताएका छन् । नेता नेपालले भारतले नेपाली भूमिसमेत राखेर २०१९ नोभेम्बर ४ मा नयाँ नक्सा जारी गरेदेखि नै त्यसको प्रतिवाद गर्नुका साथै उक्त विषयमा कुरा गर्न विदेश सचिवस्तरीय बैठकका लागि आग्रह गरे पनि बेवास्ता गरेको बताएका छन् ।

‘अतः हाम्रो पार्टी भारत सरकारको उक्त कदमको तीव्र विरोध गर्दै नेपाली भूमिभित्र कुनै पनि संरचना निर्माण र प्रयोग नगर्न आग्रह गर्दछ,’ नेता नेपालद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु