गृहपृष्ठ चिनियाँ मिडिया सीजीटीएनले सच्यायो सगरमाथासम्बन्धी ट्वीट
चिनियाँ मिडिया सीजीटीएनले सच्यायो सगरमाथासम्बन्धी ट्वीट
चिनियाँ मिडिया सीजीटीएन (चाइना ग्लोबल टेलिभिजन नेटवर्क)ले ‘सगरमाथा तिब्बतमा पर्छ’ भनी गरेको ट्वीट सच्याएको छ । नेपालमा सर्वत्र आलोचना र विरोध भएपछि सो ट्विट आइतबार सच्याइएको हो ।
सीजीटीएनले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा मे २ मा चारवटा तस्बिर पोस्ट गरेर सगरमाथा चीनको स्वायत्त क्षेत्र तिब्बतमा पर्ने उल्लेख गरेको थियो ।

सगरमाथा नेपालको सोलुखुम्बु जिल्लामा पर्छ । यसको उत्तरी मोहोडा मात्र तिब्बततर्फ पर्छ । आइतबार सच्याइएको ट्वीटमा भने विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीनको सिमानामा पर्ने उल्लेख छ ।

प्रकाशित समय १६:१३ बजे

















