गृहपृष्ठ युवतीलाई अपशब्द बोलेको अभियोगमा ३ जना पक्राउ

युवतीलाई अपशब्द बोलेको अभियोगमा ३ जना पक्राउ

महिलामाथि चरित्रहत्या हुने खालका अपशब्द बोलेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन् । जिल्लाको सिरानचोक गाउँपालिका- १, केराबारी स्थायी घर भएका ६१ वर्षीय महादेव रेग्मी, २३ वर्षीय होमबहादुर रेग्मी र २७ वर्षीय दीपेन्द्र दाहाललाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डीएसपी वासुदेव खतिवडाले जानकारी दिए ।

पक्राउ परेकाहरुले सोही ठाउँकी १९ वर्षीया युवतीलाई यही वैशाख ५ गते सिम्पानी खेतस्थित सार्वजनिक स्थानमा चरित्रहत्या हुने खालका अपशब्द बोली बदनाम गरेको उनको भनाइ छ । उनीहरुविरुद्ध सार्वजनिक हितविरुद्धको कसुर (अभ्रद्र व्यवहार) शिर्षकमा मुद्दा दर्ता गरिएको छ ।

पक्राउ परेका तीन जनामाथि जिल्ला प्रसासन कार्यालय गोरखाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु