गृहपृष्ठ एउटै जिल्लाभित्रको पास पनि रद्द

एउटै जिल्लाभित्रको पास पनि रद्द

home-ministry-griha-mantralaya

जिल्लाकै एउटा स्थानबाट अर्काे स्थानमा जानसमेत नपाइने भएको छ । कोभिड- १९ को रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले एउटा जिल्लाभित्र सवारी सञ्चालन गर्न पाउने गरी जारी गरेको सवारी पास रद्द गर्ने निर्णय गरेको हो ।

कुनै पनि व्यक्तिलाई अत्यावश्यक कामका लागि बाहिर निस्कनुपरेमा नजिकैका प्रहरीलाई सम्पर्क गर्न सकिने गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए । उनका अनुसार  मन्त्रालयले आजबाट एउटा जिल्लाबाट अर्काे जिल्लामा प्रवेश गर्न रोक लगाएको छ ।

मन्त्रालयमा आज नै उपत्यकाका नगरपालिकाका प्रमुखहरुसँग अहिलेको अवस्थामा स्थानीय तहको भूमिकाका सम्बन्धमा छलफल गरिएको थियो ।

प्रकाशित समय २२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु