गृहपृष्ठ प्रधानमन्त्री ओलीद्वारा कोभिड-१९ बाट निधन भएकाप्रति दुःख व्यक्त

प्रधानमन्त्री ओलीद्वारा कोभिड-१९ बाट निधन भएकाप्रति दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन् । उनले आइतबार बिहान ट्विट गर्दै भनेका छन्, ‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ ।’

उgले मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन् । नेपालमा पहिलोपटक सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसबाट शुक्रबार भएको मृत्यु भएको थियो ।

प्रकाशित समय ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु