गृहपृष्ठ मुगुमा आठ जना पत्रकारसहित १२० को स्वाब संकलन

मुगुमा आठ जना पत्रकारसहित १२० को स्वाब संकलन

मुगुमा सञ्चारकर्मीको स्वाब संकलन गरिएको छ । कोरोनाभाइरस नियन्त्रणका लागि अग्रपंतीमा रहि काम गर्ने संचारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको कोरोना संक्रमण भए नभएको जाँच गर्न आज उनीहरुको स्वाब संकलन गरिएको हो ।

कोरोना भाईरस नफैलियोस् भनेर सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले सञ्चालन गरेका राहत, उपचार, क्वारेन्टिन, आइसोलेसन, सुरक्षा, उद्दार जस्ता कार्यमा रहेकाहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

८ जना संचारकर्मी सहित १२० जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निर्मल नगरकोटीले बताए ।

प्रकाशित समय ०७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु