गृहपृष्ठ प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ
प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ
प्रहरीलाई हातपात तथा कुटपिट गरेको अभियोगमा नेपालगंज उपमहानगरपालिका २१ बस्ने ३० वर्षीय दुर्गेस ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित पुरैनिमा जग्गासम्बन्धी विवादमा संलग्नहरुलाई सम्झाई-बुझाई गरी फर्किएको प्रहरी टोलीलाई देखेर आँप बगैंचामा तास खेलिरहेका एक व्यक्ति आफै भाग्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै स्थानीयले प्रहरीमाथि हातपात र कुटपिट गर्दा प्रहरी चौकी तेलियनपुरमा कार्यरत एक प्रहरी जवानसमेत घाइते भएका थिए ।
लडेर घाइते भएका स्थानीयको भेरी अस्पताल नेपालगंजमा सामान्य अवस्थामा उपचार भइरहेको छ । घाइते प्रहरी जवान नर्सिंङहोम नेपालगंज बाँकेमा उपचारपश्चात डिस्चार्ज भएका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय १४:१७ बजे

















