गृहपृष्ठ अब दश करोडभन्दा बढी घुस लिएको प्रमाणित भए १४ वर्ष जेल सजाय
अब दश करोडभन्दा बढी घुस लिएको प्रमाणित भए १४ वर्ष जेल सजाय
अब दश करोडभन्दा बढी घुस लिएको प्रमाणित भए १४ वर्षसम्म कैद सजाय हुने गरी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको शुक्रबारको छलफलमा १० करोडभन्दा बढी घुस लिनेलाई १० देखि १४ वर्षसम्म कैद सजाय हुने विषयमा सहमति जुटेको हो ।
त्यस्तै एक करोडदेखि १० करोडसम्म घुस लिने व्यक्तिलाई आठदेखि १० वर्षसम्म कैद हुने प्रावधानमा पनि सहमति जुटेको छ । यसअघि एक करोडभन्दा बढी जतिसुकै रकम घुस लिए पनि आठदेखि १० वर्षसम्म कैद र घुस लिएको रकम जफत हुने व्यवस्था थियो । अब एक करोडसम्म घुस लिने व्यक्तिलाई चारदेखि आठ वर्षसम्म कैद हुने प्रावधान थपिएको छ ।
छलफलमा सांसद रामनारायण बिडारीले घुस लिएको प्रमाणित भएअभियुक्तको मात्रै नभएर स-परिवारको सम्पत्ति जफत हुने व्यवस्था गर्नुपर्ने बताएका थिए ।
प्रकाशित समय १७:३२ बजे

















