गृहपृष्ठ संसदको कार्यसूचीबाट हट्यो संविधान संशोधनसम्बन्धी विधेयक
संसदको कार्यसूचीबाट हट्यो संविधान संशोधनसम्बन्धी विधेयक
फाइल तस्बिर।
नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ बुधबार संसदमा पेश नहुने भएको छ । संसद सचिवालले सरकारको आग्रहमा कार्यसूचीबाट हटाएको हो । संसद बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले सो विधेयक पेश गर्ने कार्यसूची थियो ।
संसद सचिवालयले नेपालको संविधान (दोस्रो संशोधन), २०७७ सम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची मंगलबार सार्वजनिक भएको थियो । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले भनेका छन्, ‘सम्भावित कार्यासूचीमा प्रस्ताव थियो । तर सरकारको आग्रहमा बुधबारको कार्यसूचीबाट हटाइएको हो ।’
सरकारले जारी गरेको नेपालको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्नका संविधान संशोधन गर्न लागिएको हो । सरकारले हालै लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।
तर मंगलबारको सर्वदलीय बैठकमा कांग्रेसले केन्द्रीय समिति बैठकमा छलफलका लागि थप समय मागेको तथा मधेसकेन्द्रित दलहरुले पनि प्याकेजमै सहमति हुनु पर्ने अडान लिएका कारण सरकार रोकिएको हो ।
प्रकाशित समय १४:०५ बजे

















