गृहपृष्ठ जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

pakrau-arrest-newskarobar

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी काभ्रे धुलिखेल नगरपालिका ८ पकुचा बस्ने २९ वर्षीय सुमन तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका ४ सूर्यविनायक डेरा गरी बस्ने २३ वर्षीया महिलालाई २०७६ साउन १ गते राति डेरामा गई जबर्जस्ती करणी गरेको घटनामा संलग्न रही फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो ।

तामाङलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको छ । तामाङमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

प्रकाशित समय १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु