गृहपृष्ठ उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य

उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य

कोभिड- १९ संक्रमण जोखिम रोक्न काठमाडौँ उपत्यका प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ । उपत्यका आउने व्यक्तिले स्थानीय तहको अनुमति लिएर आफू रहेको प्रशासन कार्यालयमा समेत निवेदन दिनुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार जारी गरेको सूचनाअनुसार उक्त अनुमति पत्रसहित निवेदन परेपछि सो विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले काठमाडौँ प्रशासनमा पठाउनु पर्नेछ । उक्त निवेदनमाथि काठमाडौँ प्रशासनले संक्रमणको जोखिम विश्लेषण र यात्रा औचित्यलाई पुष्टि हुने कागजातको समेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गरेपछि मात्रै सम्बन्धित कार्यालयले पास उपलब्ध गराउने छ ।

उपत्यका बाहिर जानका लागि व्यक्तिगत अत्यावश्यक कार्यका लागि भए प्रयोजन खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिनुपर्नेछ । सरकारी तथा संस्थागत कामका लागि भए सम्बन्धित कार्यालयको सिफारिस पत्रसहित निवेदन दिनुपर्ने सूचनामा जनाइएको छ ।

हेर्नुहोस् सूचना :

 

प्रकाशित समय १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु