गृहपृष्ठ क्वारेन्टिनमा बसेकी महिला बलात्कृत, स्वास्थ्यकर्मीसहित ३ जना पक्राउ
क्वारेन्टिनमा बसेकी महिला बलात्कृत, स्वास्थ्यकर्मीसहित ३ जना पक्राउ
लम्कीचुहा नगरपालिका- १ स्थित शहिद स्मृति आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलालाई शनिबार राति बलात्कार गरेको अभियोगमा ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमा उक्त क्वारेन्टाईनमा कार्यरत स्वास्थ्यकर्मी सोही स्थान बस्ने २२ वर्षीय किशोर परियार तथा स्वयंसेवकहरु २० वर्षीय लक्ष्मण बिक र १८ वर्षीय सर्जन बिक रहेका छन् । उनीहरूले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १४:२२ बजे

















