गृहपृष्ठ लकडाउन अवधिको जरिवाना नलिने यातायात कार्यालयको तयारी
लकडाउन अवधिको जरिवाना नलिने यातायात कार्यालयको तयारी
यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशले लकडाउन अवधिको जरिवाना नलिने तयारी गरेको छ । यसका लागि प्रक्रिया अगाडि बढाईसकेको कार्यालयले जनाएको छ ।
यातायातका नाममा कर तिर्ने मिति लकडाउनको अवधिमा परेका सेवाग्राहीहरुबाट उक्त अवधिलाई शुन्य मानी जरिवाना नलिने तयारी भएको यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशले जानकारी दिएको छ । ‘प्रक्रियाका लागि अर्थ मन्त्रालयमा लेखिपठाएका छौं । सोहीअनुसार मन्त्रिपरिषद्बाट समेत निर्णय भएपछि काम अगाडि बढ्छ,’ कार्यालय प्रमुख आनन्द चपाईले भने ।
हाल कार्यालय सञ्चालनमा आए पनि जरिवाना मिनाह गर्नुपर्ने सेवाग्राहीहरुको काम भने रोकिएको उनले बताए । कर्णाली प्रदेश मन्त्रिपरिषद्को निर्णयपछि जरिवाना मिनाहको सेवा सुचारु हुने उनले जानकारी दिए ।
प्रकाशित समय १९:४० बजे

















