गृहपृष्ठ कर्णालीमा समुदाय स्तरबाट आएका कोरोना संक्रमितको मृत्यु
कर्णालीमा समुदाय स्तरबाट आएका कोरोना संक्रमितको मृत्यु
कर्णाली प्रदेशमा समुदाय स्तरबाट आएका कोरोना संक्रमितको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका ३ का ३५ वर्षीय युवाको मंगलबार मृत्यु भएको हो ।
असार ३ गते कर्णाली प्रदेश अस्पतालमा पिसिआर परीक्षणपश्चात् रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा बस्दै आएका युवाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । उनका अनुसार युवाले लामो समयदेखि क्षयरोगको औषधी सेवन गर्दै आएका थिए ।
प्रकाशित समय १३:२७ बजे

















