गृहपृष्ठ ‘किर्ते हस्ताक्षर गरी रकम ठगी गर्ने’ पक्राउ

‘किर्ते हस्ताक्षर गरी रकम ठगी गर्ने’ पक्राउ

arrest_पक्राउ_news karobar

किर्ते हस्ताक्षर गरी आफ्नो मोबाइलमा मोबाइल बैंकिङ सुचारु गरी ३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका- १ का २२ वर्षीय नादिर साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका- १३ बस्ने चितवन भरतपुर महानगरपालिका- ६ की मिरा कुमारी केसीको राष्ट्रिय वाणिज्य बैंक आदर्शनगर शाखा कार्यालय वीरगंजमा रहेको खाताको हस्ताक्षर किर्ते गरी अपरिचित व्यक्तिले मोबाइल नम्बर ९८२९२४३५६० बाट मिराकै मोबाइल बैकिङ सेवा सुचारु गरी पटक-पटक गरी ३ लाख रुपैयाँ अन्य बैंकको खातामा ट्रान्सफर भएको थियो ।

उक्त घटनाको अनुसन्धानको क्रममा नादिरको खातामा रकम ट्रान्सफर भएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीउपर ठगीसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित समय १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु