गृहपृष्ठ सिपालीमा ९० लाख बराबरको बुद्धचित्तको दाना लुटपाट

सिपालीमा ९० लाख बराबरको बुद्धचित्तको दाना लुटपाट

काभ्रेको गाउँपालिका–३ सिपालीमा ९० लाख बराबरको बुद्धचित्तको दाना लुटपाट भएको छ ।

बिहीबार मध्यराति हतियारसहित आएको समूहले स्थानीय वीरबहादुर तामाङको बारीमा रहेको रुखको ९० लाखको बुद्धचित्तको दाना लुटेको प्रहरीले जनाएको छ ।

बुद्धचित्तको रुखको सुरक्षाका लागि राति कुरेर बसेका ५ जनालाई लुटेरा समूहले आक्रमण गरेर घाइते बनाएर लुटपाट गरिएको जिप्रका काभ्रेका डीएसपी कुमार विक्रम थापाले बताएका छन् ।

उनका अनुसार वीरबहादुरले रुखमा रहेको बुद्धचित्तको दाना ९० लाखमा बेचिसकेका थिए । व्यापारीले लिन नपाउँदै लुटिएको बताइएको छ ।

प्रकाशित समय ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु