गृहपृष्ठ ‘बैंकबाट अनाधिकृत रुपमा रकमान्तर गरी करोडौं भुक्तानी लिने’ पक्राउ

‘बैंकबाट अनाधिकृत रुपमा रकमान्तर गरी करोडौं भुक्तानी लिने’ पक्राउ

कृषि विकास बैंकको सूचना प्रविधि प्रणालीमा अनाधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका धादिङ रुबिभ्याली गाउँपालिका- २ घर भई काठमाडौं तारकेश्वर नगरपालिका- ५ बस्ने ३६ वर्षीय सौजन तामाङलाई ललितपुर महानगरपालिका- ४ जाउलाखेलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ तामाङलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ । यसअघि २०७६ असोज ७ गते कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा जम्मा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएको पाइएको थियो । त्यसैगरी श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा शंका लागेर सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ समेतका व्यक्तिहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा अपराधिक व्यक्तिको समूहले बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिएको पाइएको थियो ।

महाशाखाबाट अनुसन्धानको क्रममा २०७६ असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठर शुभशंकर पन्जालाई पक्राउ गरी उनीहरुलाई संगठित अपराध समेतका कसूरमा अनुसन्धान कारवाहीको लागि परिसर काठमाडौं पठाएको थियो ।

प्रकाशित समय १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु