गृहपृष्ठ निजी विद्यालयको आन्दोलन स्थगित, निरन्तर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय
निजी विद्यालयको आन्दोलन स्थगित, निरन्तर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय
आफ्नो आन्दोलनका मागहरुप्रति सरकार सकारात्मक देखिएको भन्दै निजी विद्यालयका सञ्चालकहरुले आन्दोलन स्थगित गरेका छन् । आन्दोलन स्थगित गरी निरन्तर अनलाइन कक्षा सञ्चालनलाई जारी राख्ने निजी विद्यालयहरूले जनाएका छन् ।
असार २२ बाट अनिश्चितकालको लागि देशभरका विद्यालयहरुद्वारा सञ्चालित अनलाइन, अफलाइन, रेडियो, टेलिभिजन र केवलबाट सञ्चालित भइरहेका कक्षाहरु स्थगित गरी आन्दोलन गर्ने निर्णय गरेका थिए ।
असार १४ गते निजी विद्यालयहरुले सरकारसमक्ष बुझाएका विषयहरुलाई सरकारले सकारात्मक देखिएपछि आन्दोलन स्थगित गरेको नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए ।
हाल वार्ता जारी रहेको र वार्तापश्चात् मागहरुबारे सकारात्मक पहल नभएको खण्डमा फेरि आन्दोलन गरिने विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय १४:०९ बजे

















