गृहपृष्ठ पाकिस्तानी सैनिकको आक्रमणबाट भारतीय गोर्खा सैनिक शम्भु गुरुङको मृत्यु

पाकिस्तानी सैनिकको आक्रमणबाट भारतीय गोर्खा सैनिक शम्भु गुरुङको मृत्यु

पाकिस्तानी सेनाको आक्रमणबाट भारतीय गोर्खा सैनिकमा कार्यरत हवल्दार शम्भु गुरुङको मृत्यु भएको छ । उनी भारतीय सेनाको ३/३ जीआरमा कार्यरत रहेको जनाइएको छ ।

गोर्खाका गुरुङको पाकिस्तानी सेनाको आक्रमणबाट लाइन अफ कन्ट्रोल (एलओसी)अन्तर्गत नौसेरा रजौरी सेक्टरमा मृत्यु भएको इन्डियन गोर्खाले जनाएको छ । गुरुङको शव आवश्यक प्रक्रियाका लागि नौशेरामा राखिएको छ ।

नौसेरा सेक्टरमा ड्युटीको क्रममा रहेका गुरुङलाई पाकिस्तानी सेनाले गएराति चलाएको गोली लागेको भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले पुष्टि गरेका छन् । उनले हवल्दार गुरुङ एक इमान्दार र बहादुर सिपाही भएको उल्लेख गरेका छन् ।

प्रकाशित समय १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु