गृहपृष्ठ पहिरो पीडितलाई राहत दिन कर्णालीका सांसदको माग
पहिरो पीडितलाई राहत दिन कर्णालीका सांसदको माग
फाइल तस्बिर ।
कर्णाली प्रदेश सभाका सांसदले पहिरो पीडितलाई राहतको माग गरेका छन् । कर्णाली प्रदेश सभाको छैटौं अधिवेशनको उन्तिसौं बैठकको विषेश समयमा सम्बन्धित जिल्लाका सांसदले जाजरकोट र रुकुमका पहिरो पीडितलाई राहतको माग गरेका हुन् ।
बैठकमा सांसद गणेशप्रसाद सिंहले बारेकोटमा गएको पहिरोका कारण मृत्यु भएका परिवार र घाइते भएकाहरुलाई राहतको माग गरे । ‘पहिरोले ५० घर जोखिममा छन्,’ उनले भने, ‘सरकारले यो अवस्थामा बेपत्ताको खोजी, घाइतेको उपचार र राहतमा ध्यान दिनुपर्छ ।’
त्यस्तै सांसद रातो कामीले समेत २६ गतेको वर्षाका कारण आठबिसकोट नगरपालिकामा दुई जनाको मृत्यु भएको भन्दै मृतकका परिवारलाई राहत दिन सरकारसँग माग गरे ।
प्रकाशित समय २०:४९ बजे

















