गृहपृष्ठ ‘शुभेच्छुक हातहरु’द्वारा बाह्रबिसेका बाढीपीडितलाई राहत हस्तान्तरण
‘शुभेच्छुक हातहरु’द्वारा बाह्रबिसेका बाढीपीडितलाई राहत हस्तान्तरण
गत असार २४ गते सिन्धुपाल्चोकको बाह्रबिसेस्थित जम्मु क्षेत्रमा आएको बाढीपहिरोका पीडितहरुलाई शुभेच्छुक हातहरु नामक संस्थाले राहत प्रदान गरेको छ ।
मंगलबार बाह्रबिसेमा आयोजित राहत वितरण कार्यक्रममा पीडित ३२ परिवारलाई दाल, चामल, तेल, चिउरालगायत करिब ६० हजार रुपैयाँ बराबरको खाद्यसामग्री वितरण गरिएको संस्थाका अध्यक्ष खडानन्द घोरासैनीले जानकारी दिए । अध्यक्ष घोरासैनीका अनुसार संस्थाका सल्लाहकारहरु अमेरिका निवासी केशव राज भट्टराई र शिशिर पोखरेलको आर्थिक सहयोगमा उक्त सामग्री खरिद गरिएको हो ।

भक्तपुरको सुर्यविनायकमा रहेको संस्थाले आगामी दिनमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिने अध्यक्ष घोरासैनीले बताए ।
प्रकाशित समय १९:५९ बजे

















