गृहपृष्ठ मन्त्री विश्वकर्माले लिए कास्की पहिरोका घाइतेको जानकारी
मन्त्री विश्वकर्माले लिए कास्की पहिरोका घाइतेको जानकारी
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले गत असार २६ गते राति पोखरा महानगरपालिका २५ सराङकोटमा गएको पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेका घाइतेलाई भेटी उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिई शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
पहिरोले टंकबहादुर थापाको घर पुरिँदा पाँच जनाको ज्यान गएको थियो भने आठ जना घाइते भएकामा दुई जनाको मणिपाल तथा तीन जनाको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा घाइते भएका तीन जना भने उपचारपछि घर फर्किएका छन् । मणिपालमा रश्मी र आशा थापा तथा पश्चिमाञ्चल अस्पतालमा पिङ्की र पिरिसा थापा तथा सरस्वती श्रेष्ठको उपचार भइरहेको छ ।
त्यस अवसरमा मन्त्री विश्वकर्माले सरकारले घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाएको बताउँदै घरबारविहीन भएकालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत व्यवस्थापन गरिने जानकारी दिए । (रासस)
प्रकाशित समय ०७:१९ बजे

















