गृहपृष्ठ जबर्जस्तीकरणी अभियोगका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ
जबर्जस्तीकरणी अभियोगका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ
एक स्थानीय महिलालाई जबर्जस्तीकरणी गरेको अभियोगमा जिल्ला अदालत उदयपुरबाट पाँच वर्ष दण्ड सजाय पाएका फरार एक प्रतिवादीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ६ वर्षदेखि फरार रहँदै आएका उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका ३३ वर्षीय देव राई रहेका छन् । जिप्रकाका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार राईले ६ वर्षअघि एक स्थानीय महिलालाई जबर्जस्तीकरणी गरेको अभियोगमा जिल्ला अदालतबाट पाँच वर्षको जेलसजाय पाएका थिए ।
गोप्य सूचनाका आधारमा उनलाई शुक्रबार नगरपालिकाबाट पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ गरिएका फरार प्रतिवादी राईलाई शुक्रबारै जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ । (रासस)
प्रकाशित समय ०८:०५ बजे

















