गृहपृष्ठ पुल नहुँदा सास्ती : सखुअवा खोलामा साइकल ओसारेको ५०, मोटरसाइकलको १५० रुपैयाँ लिन्छन् स्थानीय
पुल नहुँदा सास्ती : सखुअवा खोलामा साइकल ओसारेको ५०, मोटरसाइकलको १५० रुपैयाँ लिन्छन् स्थानीय
फाइल तस्बिर
हुलाकी सडकअन्तर्गत जिल्लाको ब्रम्हपुरी गाउँपालिका र मलंवा नगरपालिकाको मध्यभाग भएर बग्ने सखुअवा खोलामा पक्की पुल नहुँदा सर्वसाधारण समस्यामा परेका छन् ।
हिउँदको समयमा खोलामा पानी नहुने भए पनि वर्षायाम सुरु भएपछि खोला वारपार गर्नुपर्दा जोखिमपूर्ण तवरले बाँसको कच्ची पुल बनाएर खोला तर्नुपर्ने बाध्यताका कारण सो क्षेत्रका स्थानीयवासी मारमा परेका हुन् । सो हुलाकी सडक भएर आवतजावत गर्ने यात्रु स्थानीयवासीले बनाएको बाँसको अस्थायी पुलबाट रकम तिरेर खोला तर्न बाध्य भएको स्थानीयवासी रामकरण महतो बताए ।
सखुअवा टोलका केही स्थानीय युवाले सो कम्ची अस्थायी पुलबाट साइकल तारेको प्रतिसाइकल ५० रुपैयाँ र मोटरसाइकल तारेको १५० रुपैयाँ असुल्दै गरेको स्थानीयवासीको भनाइ छ ।
निर्माण सुरु गरेको वर्षौँ भए पनि ठेकेदारको लापरवाही तथा ढिलासुस्तीका कारण अहिलेसम्म निर्माण सम्पन्न नभएको हो । बाँसको टेको र बाँसकै भाटा प्रयोग गरेर बनाइएको उक्त पुल अत्यन्तै कमजोर र साँघुरो भए पनि सो क्षेत्रका स्थानीय बासिन्दा तथा यात्रुलाई साइकल तथा मोटरसाइल लिएर वारपार गर्न बाध्य भएका छन् । अहिले बाँसका यस्ता अस्थायी पुल बाढीले कटान गरेका जिल्लाका दर्जनौँ स्थानका खोलामा बनाइएका छन् ।
प्रकाशित समय ०७:०० बजे

















