गृहपृष्ठ कार्यकक्षमै कुटिए वडाध्यक्ष

कार्यकक्षमै कुटिए वडाध्यक्ष

kutipit_कुटपीट

शुक्लाफाँटा नगरपालिका- ८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आइतबार कार्यकक्षमै कुटपिट गरिएको छ । नेपाली कांग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समुहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो ।

वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ । आक्रमणबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्यु लगायतमा चोट लागेको छ । महराले वडा कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला ठगुन्नाको नेतृत्वमा आएको १०-१२ जनाको समूहले एकाएक आक्रमण गरेको बताए ।

शनिबार राति सुरज चौधरी लगायतलाई ठगुन्ना लगायतका समुहले मदिरा सेवन गरी कुटपिट गर्न थालेपछि वडा अध्यक्षले सम्झाएर पठाएका थिए । ‘सो समुहले राति गाँउमा हो हल्ला गर्ने र गाँउलेलाई आतंकित पार्ने कार्य गरिहेकाले उनीहरुलाई सम्झाउनका लागि वडाध्यक्षलाई डाँकेका थियौँ, तत्काल वडा अध्यक्षले सम्झाएपछि त्यहाँबाट गए पनि राति वडाध्यक्षलाई ठिक पार्नुपर्छ भनेर हिँडका थिए,’ चौधरीले भने ।

मदिरा पिएर होहल्ला गर्ने समुहले आतंक मच्चाउन थालेपछि प्रहरीलाई त्यसबारे खबर गरे पनि प्रहरी नआएको स्थानीय बासिन्दाले बताएका छन् । वडाध्यक्षमाथि वडा कार्यालयमै आक्रमण भएपछि मात्रै प्रहरी पुगेको स्थानीय बासिन्दाको भनाइ छ ।

यसैबीच नगर कार्यपालिकाले प्रेस विज्ञप्ती जारी गरी वडा कार्यालयमा केही उछृखंल व्यक्तिले अनाधिकृत रुपमा प्रवेश गरी वडा कार्यालयमा तोडफोड गर्नुका साथै वडाध्यक्ष माथि कुटपिट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित समय १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु