गृहपृष्ठ जुवातास खेलिरहेका ११ जना पक्राउ
जुवातास खेलिरहेका ११ जना पक्राउ
सोलुखुम्बुको सोताङ गाउँपालिका ५ बस्ने गणेश राईको घरमा जुवातास खेलिरहेका सोही गाउँपालिका ४ बस्ने ३७ वर्षीय दुर्गाप्रसाद राई लगायत ४ जनालाई नगद १४ लाख ६५ हजार रुपैयाँ, २९ लाख रुपैयाँको चार थान बैंक चेक र ताससहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका १९ लामाचौर ठुलीपोखरी मार्ग बस्ने ४० वर्षीय सुनिल गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङलगायत सात जनालाई नगद ४३ हजार ३१५ रुपैयाँ र चार बुक ताससहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित समय १३:४२ बजे

















