गृहपृष्ठ साढे ९ लाख घुससहित प्रकाउ परेका नारायणकाजी श्रेष्ठविरूद्ध विशेष अदालतमा मुद्धा दायर

साढे ९ लाख घुससहित प्रकाउ परेका नारायणकाजी श्रेष्ठविरूद्ध विशेष अदालतमा मुद्धा दायर

bisesh adalat newskarobar

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठले निर्माणाधिन सिंचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठलाई सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस/रिसवत लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय खोटाङका कार्यालय प्रमुख नारायणकाजी श्रेष्ठले सेवाग्राहीको ठेक्काको दोस्रो रनिङ बिल भुक्तानीको लागि रकमको अभाव भएको र भुक्तानी अंकको १० प्रतिशतले हुने रकम दिए मात्र रकम छिटो निकाशा गरी भुक्तानी दिन सकिने भनी सेवा ग्राहीसँग ९ लाख ३४ हजार) घुस/रिसवत माग गरी लिएको तथ्य पुष्टि हुन आएको हुँदा उनीविरूद्ध मुद्धा दायर गरेको बताइएको छ ।

नारायणकाजी श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले उनलाई  बिगो ९ लाख ३४ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

प्रकाशित समय १०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु