गृहपृष्ठ रक्षाबन्धन बनाउने तालिम

रक्षाबन्धन बनाउने तालिम

सुर्खेत महिला जेसीज वर्ष २०२० ले राखी बनाउने एकदिने तालिम सम्पन्न गरेको छ । जनै पूर्णिमालाई लक्षित गर्दै शनिबार वीरेन्द्रनगर ६ मा रक्षाबन्धन (राखी) तालिम सम्पन्न गरेको हो ।

सुर्खेत महिला जेसीज वर्ष २०२० को नारा महिला शक्ति, राष्ट्रको विकासलाई सार्थक पार्न एवं महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि राखी बनाउने तालिमको आयोजना गरिएको वर्ष २०२० का अध्यक्ष प्रमी शाक्यले जानकारी दिइन् ।

उनका अनुसार दशजना महिलालाई तालिम दिइएको हो । जेसी रश्मी शाक्य केसीले तालिममा प्रशिक्षण दिएकी थिइन् ।

प्रकाशित समय २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु