गृहपृष्ठ गण्डकी प्रदेश सरकारद्वारा प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण

गण्डकी प्रदेश सरकारद्वारा प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण

गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका सवारी साधन उपलब्ध गराएको छ ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङले आइतबार एक समारोहका बीच गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई हस्तान्तरण गरेका छन् ।

प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान हुनुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति गराउन गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई पिकअप भ्यान ४ थान र २८ थान मोटरसाइकल उपलब्ध गराइएको हो ।

प्रकाशित समय ०७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु