गृहपृष्ठ ७० वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा पक्राउ
७० वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा पक्राउ
सांकेतिक तस्बिर
आठराई त्रिवेणी गाउँपालिका- ३, डाँडाखर्कका ६५ वर्षीय सन्त कुमार लिम्बु बलात्कार अभियोगमा पक्राउ परेका छन् । ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको अभियोगमा उनी मंगलबार पक्राउ परेका हुन् ।
गत साउन १२ गते स्थानीय गर्धने चौतारामा उभिईरहेको अवस्थामा पीडित वृद्धालाई खुकुरी देखाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:४४ बजे

















