गृहपृष्ठ गाई काटेको अभियोगमा पक्राउ

गाई काटेको अभियोगमा पक्राउ

arrest_पक्राउ_news karobar

मालिका गाउँपालिका- ५ घर भई बेनी नगरपालिका- ८, कालीपुल डेरा गरी बस्ने हिरा रसाईलीसमेत ४ जनालाई गाई काटेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले रसाईलीको डेरामा गाई काटिरहेको भन्ने सूचनाको आधारमा ३ थान दाउ, घन र २० केजी गाईको मासुसहित उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित समय १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु