गृहपृष्ठ लेबनानमा रहेका सबै नेपाली सकुशल : परराष्ट्र मन्त्रालय
लेबनानमा रहेका सबै नेपाली सकुशल : परराष्ट्र मन्त्रालय
विष्फोटपछि बेरूत बन्दरगाहको एरियल फोटो । (तस्बिर: एएफपी)
लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । वैदेशिक रोजगारीका सिलसिलामा लेवनानमा १२ हजारको हाराहारीमा नेपाली छन् ।
‘बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली संघसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ,’ बेरुतमा नेपाली सुरक्षित रहेका जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।
यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विस्फोटबाट भएको धनजनको क्षतिले आफूलाई मर्माहत तुल्याएको बताउँदै मृतकका परिवारजनका साथै लेवनान सरकार र त्यहाँका जनतामा सहानुभूति, समवेदना एवं ऐक्यबद्धता प्रकट गरेका छन् ।
मंगलबार भएको शक्तिशाली विस्फोटमा परी १३५ जनाको मृत्यु हुनाका साथै चार हजारभन्दा बढी घाइते भएका छन् ।
प्रकाशित समय १४:१४ बजे

















