गृहपृष्ठ जोर-बिजोर पालना नगर्ने ४७५ सवारी साधन नियन्त्रणमा

जोर-बिजोर पालना नगर्ने ४७५ सवारी साधन नियन्त्रणमा

traffic police फाइल तस्बिर ।

कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले बिहीबारबाट सवारी साधन सञ्चालनमा पुनः जोर-बिजोर प्रणाली लागू गरेकोे छ । यसअघि पनि उपत्यकामा जोर-बिजोर प्रणाली लागू गरिएको थियो ।

सरकारद्वारा जारी यस नियमको पूर्णतः पालना भने भएको पाइँदैन । काठमाडौँका सडकहरुमा आज पनि सवारी जाम उस्तै देखियो । महानगरीय ट्राफिक महाशाखाले जोर-बिजोर प्रणाली कार्यान्वयनमा थप कडाई गरेको छ । बिहीबार चार बजेसम्म जोर-बिजोर प्रणालीको पालना नगर्ने ४ सय ७५ सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

नियन्त्रणमा लिएका सवारी साधनमध्ये अधिकांश दुईपांग्रे सवारी साधन रहेको महाशाखाका प्रवक्ता वामदेव गौतमले जानकारी दिए । उनका अनुसार कारबाही गरिएकामध्ये ७० प्रतिशत दुईपांग्रे र ३० प्रतिशत अन्य साना-ठूला सवारीसाधन रहेका छन् ।

‘सवारी साधन कम भए अनावश्यक भीडभाड नियन्त्रण हुन्छ’ भन्ने अभिप्रायले सरकारद्वारा जारी जोर-बिजोर प्रणाली लागू गराउन महाशाखाले सडकका विभिन्न स्थानमा प्लेकार्ड सहितका ट्राफिक प्रहरी खटाएको प्रवक्ता गौतमले बताए । उपत्यकाका विभिन्न स्थानमा चेकप्वाइन्ट समेत राखिएको उनले जानकारी दिए ।

प्रकाशित समय १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु